पोखरा। यू–१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन दिन दुई खेल हुने तय भएको छ।
पोखरा रंगशालामा हुने पहिलो खेलमा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ। त्यसपछि दिउँसो ३ बजे घरेलु टोली नेपालले भारतको सामना गर्नेछ।
प्रतियोगितामा सहभागी चारै टोलीका कप्तान तथा मुख्य प्रशिक्षकहरूले यस प्रतियोगितालाई युवा खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव बटुल्ने महत्वपूर्ण अवसरको रूपमा लिएको बताएका छन्।


