वादोरियो कराते टोलीको स्वागत


काठमाडौं। भारतको भिषाकापट्नममा भएको नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका पदक विजेता खेलाडीसहितको नेपाली वादोरियो कराते टोलीलाई स्वागत गरिएको छ।

नेपाल वादोरियो कराते डो संघका सदस्य राजकुमार कार्कीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म भएको प्रतियोगितामा नेपालले विभिन्न स्पर्धामा ३ स्वर्ण, २ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते डो संघकी महासचिव प्रतिक्षा श्रेष्ठले जनाएकी छन्।

दिया पहरी, विसन थापा मगर र रिजन बुढा मगरले स्वर्ण जिते। शिशीर थापा मगर र स्वेता तारा गुरुङले रजत हात पारे। स्वेताले कांस्य पनि जितिन्। अर्को कांस्य राजु बुढाथोकीले प्राप्त गरे।

अफिसियलमा वादोरियो कराते संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी रहेका छन्। सागर काफ्लेले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको