इत्तिहादमाथि नासरको जित


काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिहादमाथि महत्वपूर्ण जित निकालेको छ। रोनाल्डो बिना मैदान उत्रिएको अल नासरले खेलको इन्जुरी समयमा दुई निर्णायक क्षण सिर्जना गर्दै खेल आफ्नो पक्षमा पार्यो।

खेलको ८४औँ मिनेटमा साडियो मानेले पेनाल्टीमार्फत गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयको ६औँ मिनेटमा एन्जेलो गाब्रिएलले गोल गर्दै जित सुनिश्चित गरे।

यो जितसँगै अल नासरले २० खेलबाट ४९ अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा आफ्नो स्थान मजबुत बनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको