भ्याली पब्लिक र ड्याफोडिल सेमिफाइनलमा


काठमाडौं। भ्याली पब्लिक र ड्याफोडिल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले किङडम हिमालयनलाई ३५–३० ले पराजित ग¥यो।

भ्याली पब्लिकको जितमा अशोक विकले ११ अंक योगदान गरे । काल्साङ तामाङको १८ अंक सहयोगमा ड्याफोडिलले पारामाउन्ट एकेडेमीलाई ४१–३७ ले हरायो। ब्वाइजमै सेबले न्युटनलाई ३७–३१ ले पाखा लगायो। सेबका अंश श्रेष्ठले ७ अंक बटुले।

सेमिफाइनलमा सेबको भेट भ्याली पब्लिकसंग हुनेछ भने ड्याफोडिलले आयोजक जेबी स्कुल विरुद्ध खेल्ने छ। गल्समा भ्याली पब्लिकले टीआईएलाई २७–१५, बागमतीले क्यान्भास बसन्त ऋतुलाई २५–२१, न्युटनले ग्रिनल्यान्डलाई २०–१७ र फेरिल्यान्ड इन्टरनेसनल स्कुलले काठमाडौं भ्यालीलाई २७–१७ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे।

भ्याली पब्लिककी सपना गिरीले ७, बागमतीकी रेश्मिता पाख्रेलले १०, न्युटनकी इरनी राना मगरले ११ र  फेरिल्यान्डकी करुणा बोगटीले १२ स्कोर गरे। सेमिफाइनल भ्याली पब्लिक र न्युटन तथा फेरिल्यान्डले बागमतीबीच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको