भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिनजिक


काठमाडौं। भ्याली पब्लिक र फेरिल्यान्ड इन्टरेनसनल स्कुल दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेका छन्।

भ्याली पब्लिकले न्युटनलाई ३४–२४ ले पराजित ग¥यो। भ्याली पब्लिककी आकृति बमले १४ अंक जोडिन्। फेरिल्यान्डले बागमतीलाई ४०–३४ ले हरायो। फेरिल्यान्डकी करुणा बोगटीले १४ स्कोर गरिन्।

सामाखुशीस्थित ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा भ्याली पब्लिक र ड्याफोडिल उपाधिका लागि भिड्ने भएका छन्।

भ्याली पब्लिकले सेबलाई ५०–३१ ले पाखा लगायो। भ्याली पब्लिकका निम्ति आर्यन गुरुङले १५ अंक बटुले। ड्याफोडिलले जेबी स्कुलको चुनौती ४२–३७ ले पन्छायो। ड्याफोडिलका काल्साङ तामाङले १७ स्कोर गरे।

प्रतियोगिता सोमबार समपन्न हुनेछ। दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको