आयोजक प्याब्सन काठमाडौं विजयी


काठमाडाैं। आयोजक प्याब्सन काठमाडौं यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा आइतबार विजयी भएको छ। तल्लो मूलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’ को लिग खेलमा काठमाडौंले प्याब्सन कोशीलाई ९ रनले पराजित ग¥यो।

तीन खेलमा दुई जित हात पारेको काठमाडौंको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। लगातार तेश्रो हारसंगै कोशी प्रतियोगिताबाट बाहिरिएको छ। सोमबार प्याब्सन गण्डकी र प्याब्सन लुम्बिनीबीच हुने खेलले समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दुवै टोलीको टुंगो लाग्ने छ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४२ रनको योगफल खडा ग¥यो। ‘प्लेयर अफ द म्याच’ तपेन्द्र विष्टले नटआउट ४९, सन्दिप साउदले २३ र जोन ओलीले १९ रन जोडे। बलिङमा कोशीका प्रज्ज्वल सेढाईंले २ तथा आकाश यादव र उज्ज्वल खतिवडाले १–१ विकेट हात पारे।

प्रत्युत्तरमा कोशीले २० ओभरमा ९ विकेट क्षतिमा १ सय ३३ स्कोर ग¥यो। लुसेङ गुरुङले ४०, प्रज्ज्वल अधिकारीले २३ तथा उत्तम राजवंशी र रुसल सुन्दासले समान १३–१३ रन जोडे। बलिङतर्फ काठमाडौंका इन्साब बोहराले २ तथा तपेन्द्र विष्ट, प्रयुश उप्रेती, शम्भु ढकाल र सुशान्त लामिछानेले समान १–१ विकेट लिए।

सेमिफाइनल पुगिसकेका दुई टिमको खेलमा प्याब्सन मधेशले प्याब्सन बागमतीलाई १८ रनले हराउदै समूह ‘बी’ को विजेता बन्यो। पहिलो ब्याटिङ गरेको मधेशले २० ओभरमा ९ विकेट गुमाउदै १ सय १४ रन जोड्यो। बागमती पूरै २० ओभर खेल्दै ९ विकेट नोक्सानीमा ९६ रनमा सीमित भयो। २५ रन जोड्नुका साथै २ विकेट लिएका मधेशका खिलराज सर्राफ ‘प्लेयर अफ द म्याच’ बने।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको