एन्फा वुमन्स च्याम्पियनिसप : पुलिस र आर्मी फाइनल प्रवेशका लागि भिड्दै


गाईघाट। एन्फा वुमन्स च्याम्पियनिसप अन्तर्गत पहिलो सेमिफाइनलमा विभागीय डर्बी हुने भएको छ। फाइनल प्रवेशका लागि दुई बलिया टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन्।

उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा हुने खेल दिउँसो ३:३० बजेबाट सुरु हुनेछ। यस खेलको विजेताले दोस्रो सेमिफाइनलअन्तर्गत एपीएफ र संकटाबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

क्वाटरफाइनलमा पुलिसले रियाल एफसीलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने आर्मीले एनआरटीविरुद्ध ६–१ को पुनरागमन जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।

आगामी ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजक एन्फाले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको