विद्यावाणीलाई उपाधि


काठमाडौं। विद्यावाणी पाठशालाले १०औं अर्किड कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ।

काँडाघारीस्थित आयोजक अर्किड प्युपल स्कुलको मैदानमा भएको फाइनलमा विद्यावाणीले एकलब्स शिक्षा सदनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो। निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

विद्या विकास तेश्रो र निर्मल ज्योति चौथो भए। शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ४० हजार, २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको अर्किडका संस्थापक प्रेमकुमार भुजेलले जनाएका छन्।

विद्यावाणीका एकेन्द्र बुढा उत्कृष्ट खेलाडी, विद्यावाणीकै श्रृयान भट्टराई उत्कृष्ट गोलरक्षक, विद्याविकासका अभिषेक कुमार उदीयमान खेलाडी र एकलब्यका निरज मगर सर्वाधिक गोलकर्ता बने। एजीएमले अनुशासित टिमको ट्रफी हात पा¥यो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको