काठमाडौं । महिला डिजिटल सशक्तिकरणको लागि फागुन ३० गते स्टार क्रिकेट आयोजना हुने भएको छ।
आयोजक आइडिया पिक्सेलको सहायक कम्पनी आइडिया स्पोट्र्सले सोमबार पत्रकार सम्मेलन गर्दै स्टार क्रिकेट सिजन –२ को मिति तय गरेको हो।
एक दिने क्रिकेट प्रतियोगिता काठमाडौंको मुलपानी मैदानमा आयोजना हुनेछ। जुन खेलमा सर्वसाधारणलाई निशुल्क प्रवेश गराइनेछ।
स्टार क्रिकेट सिजन–२ कर्पोरेट सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत रहेको आयोजकले जनाएको छ। टी–१० फम्र्याटमा आयोजना हुने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्। सहभागी टिमलाई २ समूहमा विभाजन गरिनेछ। त्यसपछि सेमिफाइनल र फाइनल खेल हुने आयोजक आइडिया स्पोट्र्सले जनाएको छ।
हरेक टिममा नेपाली सेलिब्रेटी, सामाजिक सञ्जालमा प्रभाव जमाएका व्यक्तित्व, मिडियाकर्मी, राष्ट्रिय खेलाडी तथा क्रिकेटर समावेश हुने छन्।


