हिमालय र संस्कृति सेमिफाइनलमा


काठमाडौं। हिमालय र संस्कृति शिक्षा सदन प्रथम तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजक तेजस्वी एकेडेमीको कोर्टमा हिमालयले तेजस्वीलाई ५०–४४ ले पराजित ग¥यो। हिमालयको जितमा अरुण
कार्कीले २८ अंक योगदान गरे । रोमन गुरुङको २९ अंक सहयोगमा संस्कृतिले गुरुकुललाई ४१–३० ले हरायो।

ह्वाइट हेभेन र एन्जल्स हार्टले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे। ह्वाइट हेभेनले सेबलाई ५६–४४ ले पाखा लगायो। ह्वाइट हेभेनका विवेश बर्देवाले १४ अंक जोडे। एन्जल्स हार्टले रिलायन्सलाई ४९–३६ ले पन्छायो। एन्जल्स हार्टका रुपेश पौडेलले १६ स्कोर गरे।

सेमिफाइनलमा एन्जल्स हार्टको भेट संस्कृतिसंग हुनेछ भने ह्वाइट हेभेनले हिमालयको सामना गर्ने छ। गल्र्समा यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ। सेमिफाइनल तेजस्वी र मानसिंह तथा काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) र बेलमोन्टबीच हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको