उमा कुङफु खेलाडी सुजन जर्मनी प्रस्थान


काठमाडाैं। ब्याटल अफ बभेरियामा सहभागी हुन नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपति शुक्रबार जर्मनीको रेजेन्सवर्ग प्रस्थान गरेका छन्।

वल्र्ड मार्सल आर्ट्स कमिटी (डब्लुएमएसी) को आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु भएपनि उनको खेल मार्च १५ तारिखमा रहेको छ। उनले चाइनिज क्रिएटिभ फम र ट्रेडिसन फम विथ वेपन स्पर्धामा चुनौती प्रस्तुत गर्ने छन्।

सातौं राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपका रजत विजेता सुजनको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। प्रतियोगितामा नेपालसहित १० राष्ट्रका १ हजार २ सय खेलाडीको सहभागिता रहने नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईले जनाएका छन्।

सुजनलाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव संजीतकुमार राई, प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ, उमा कुङफु संघका उपाध्यक्ष रमेश महर्जन, सचिव कृष्णकुमार मगर र सदस्य गुना गुरुङ, डब्लुएमएसी नेपालका अध्यक्ष स्वयम्भूराज डंगोललगायतले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको