जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने


काठमाडौं । लेभल वान एकेडेमिक फर आर्टिस्टिक जिम्न्याष्टिक (एमएजी–डब्लुएजी) कोर्षमा सहभागी हुन ७ सदस्यीय प्रशिक्षक टोली आइतबार भारतको उडिसा जाने भएको छ।

चैत ९ देखि १३ गतेसम्म हुने कोर्षमा श्रीप्रसाद कोजु, श्रीकृष्ण खर्बुजा, नेप्पल कोजु, लुमिला मानन्धर, पिज्ज महर्जन, देवेश कोजु र सुनिल बुढाथोकी सहभागी हुने छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष राजकुमार कार्की, महासचिव मुकुन्दराज शर्मालगायतले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको