काठमाडौं। नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको दोश्रो अधिवेशनले केशव पुरीलाई अध्यक्षमा निरन्तरता दिदै १७ सदस्यीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ।
प्रकाश खड्गी र रमेशकुमार बखतीले उपाध्यक्ष, राजेश प्रजापतिले सचिव र उेमश नकर्मीले कोषाध्यक्षको जिम्मेवारी पाए। मदन गिरी, सरोज बाँस्कोटा, रामचन्द्र व्यञ्जनकार, दिनेशकुमार बाँडा, भास्कर श्रेष्ठ, सानुबाबु महर्जन, कविराज माली, राजेन्द्र खड्गी, रामकृष्ण श्रेष्ठ, काजल श्रेष्ठ, किशोर श्रेष्ठ र उषा गुरुङ सदस्यमा चयन भए।
शुमनविक्रम पाण्डे, हरिहर ढुंगाना र अंशुकिरण शाही उपाध्यक्ष तथा श्याम तजले सदस्यमा मनोनित भए। किरण थापा, डा. रामहरि लामिछाने, दीपक मल्होत्रा र कुमार थापालाई सल्लाहकार समितिमा चयन गरिएको छ।
नवनिर्वाचित पदाधाकारीलाई निर्वाचन अधिकृत अधिवक्ता प्रचण्डप्रकाश प्रधान नौलाले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । त्यसअघि अधिवेशनको बागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए। सो अवसर सभामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङलगायतको उपस्थिति रहेको थियो।


