कर्मचारी खेलकुद जेठमा


काठमाडौं। कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को आयोजनामा १५औं कर्मचारी खेलकुद प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ४ खेलमा प्रतिस्पर्धा हुने आयोजक इसानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन्।

फुटसलमा २, ब्याडमिन्टनमा ७, टेबलटेनिसमा ५ र बुद्धिचालमा १ गरी १५ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। जेठ १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु काठमाडौंमा हुनेछ।

अध्यक्ष श्रेष्ठका अनुसार पदक विजेतालाई नगद, प्रमाण पत्र, पदक र ट्रफीसहित पुरस्कृत गरिने छ। नेपाल सरकारको पूर्ण तथा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्था र निजि क्षेत्रका संगठित संस्थाहरु (बैंक वित्तिय संस्था, एयरलाइन्स, परिषद्, स्थानीय निकाय, दुरसञ्चार सेवा प्रदायक कम्पनी, विमा सेवा) मा कार्यरत कर्मचारीले प्रतियोगितामा सहभागी हुन पाउने छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको