काठमाडाैं। चाल्नाखेल स्पोर्ट्स क्लबको आयोजनामा हुने दक्षिणकाली फाइट नाइटका लागि विभिन्न ८ व्यवस्थापन उपसमिति गठन गरिएको छ।
प्रतियोगितालाई व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न ८ उपसमिति गठन गरिएको आयोजक क्लबका अध्यक्ष सरोज थापा मगरले जनाएका छन्।जसअन्तर्गत आर्थिकमा सरोज थापा, स्वयंसेवकमा सुशीला थापा, रिङ व्यवस्थापनमा मुकेश लुइटेल, रेफ्रीमा सञ्जय राई, स्टेजमा विशाल नगरकोटी, स्टलमा राहुल थोकर, प्रचार प्रसार तथा खेलाडी व्यवस्थापनमा विजय नगरकोटी र स्वास्थ्यमा संजिता लामा संयोजक रहेका छन्।
एमेच्योर, सेमि प्रोफेसनल र प्रोफेसनलतर्फ ३० स्पर्धामा ६० खेलाडी सहभागी हुने बताइएको छ। त्यसमा नेपालका ५६ र भारतका ४ खेलाडी रहने छन्।
नेपाल राष्ट्रिय मुवाँथाई संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिता बैशाख ५ गते दक्षिणकाली नगरपालिका वडा १ स्थित खहरेमा हुनेछ।


