काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा बुधबार प्लेबक्स एरेना र कीर्तिपुर विजयी भएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बुधबार भएको खेलमा प्लेबक्सले रोएललाई ८८-७२ ले पराजित गरेको हो। प्लेबक्सले रोएल विरुद्ध १९-१०, २४-२०, २०-१७, २५-२५ को प्रदर्शन गर्यो।
प्लेबक्सका आङ फुर्बा शेर्पा प्लेयर अफ दि म्याच घोषित भए। प्लेबक्सका पुस्कल छन्त्याल ३२ अंक जोडे। दोस्रो जित हात पारेको प्लेबक्स १२ खेलबाट १४ अंकसहित छैटाैँ स्थानमा छ। ११औं हार बेहोरेको रोएललको १३ अंक छ।
यस्तै बुधबार राती सम्पन्न खेलमा कीर्तिपुरले सोलो बास्केटबल क्लबलाई ८८-६७ ले हरायो। कीर्तिपुरका ईनाम महर्जन प्लेयर अफ दप म्याच घोषित भए। कीर्तिपुरको यो तेस्रो जित हो। १२ खेलबाट १५ अंक जोडेको कीर्तिपुर पाँचाै स्थानमा छ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भईरहेको दोस्रो संस्करणको एचजेएनबीएलमा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।


