क्लाइम्बिङ टोली चीन जाने


काठमाडौं। जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ।

दुवै प्रतियोगिताको पुरुषमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलामा स्वस्तिका चौधरीले नेपालको चुनौती पेश गर्ने छन्। एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा अप्रिल ८ देखि १२ तारिखसम्म हुनेछ । नेपालले बाउल्डर र लिड स्पर्धामा खेल्ने छ। एसियाली खेलकुदमा स्थान निश्चित गर्न शीर्ष १६ स्थानमा पर्नु पर्ने नेपाल क्लाम्बिङ स्पोर्ट एसोसिएसनका महासचिव सन्तोष माडेनले जनाएका छन्।

त्यस्तै विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुनेछ। यसमा बाउल्डर विधा मात्र समावेश छ। दुई प्रतियोगिताको बीचको अवधिमा खेलाडी प्रशिक्षणमा सहभागी हुने क्लाम्बिङ संघका सचिव सुजित कँडेलले जानकारी दिए।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको