राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न


काठमाडौं।

पाल फुल कन्ट्याक्ट कराते महासंघको आयोजनामा राष्ट्रिय रेफ्री सेमिनार कीर्तिपुरमा सम्पन्न भएको छ।

कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा आयोजना गरिएको थियो। सेमिनारमा देशभरबाट आएका कराते प्रशिक्षक, खेलाडी तथा रेफ्रीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सेमिनारमा रेफ्रीसम्बन्धी नियम, निर्णय प्रक्रियाका मापदण्ड तथा अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भइरहेका नयाँ प्रविधिहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूले खेललाई निष्पक्ष, पारदर्शी र स्तरिय बनाउन रेफ्रीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्।

कार्यक्रम सूर्यबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य भानबहादुर चन्दको गरिमामय उपस्थिति रहेको थियो।

विशेष अतिथिका रूपमा महासंघका पूर्व अध्यक्ष दमन बस्नेत, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगत सिंह धामी तथा सदस्य जगत टमाटा उपस्थित थिए। त्यस्तै, लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य कल्पना आचार्यसहित महासंघका पदाधिकारीहरू र अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

साथै विभिन्न संघका अध्यक्ष, शाखा प्रमुख, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक, खेलाडी, गुरुजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई भव्य, सभ्य र सफल बनाएको आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको