गौरिशंकर सुपर लिग सुरु


काठमाडाैं। गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा गौरिशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की तथा पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले आयोजक टिमको प्रशंसा गर्दै क्रिकेटप्रति रुचि राख्ने युवाहरूलाई प्रोत्साहन दिन यस्ता पहलहरू अत्यन्त आवश्यक रहेको धारणा व्यक्त गरे। उनले खेलकुदले अनुशासन र नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख समेत गरे।

उद्घाटन दिनमै दुई रोमाञ्चक खेलहरू पनि सम्पन्न भएका छन्। पहिलो खेलमा जोरपाटी क्रिकेट एकेडेमीले गौरिशंकर क्रिकेट एकेडेमीलाई ९ रनले पराजित गर्दै विजयी सुरुवात गर्यो। त्यस्तै, दोस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमीले सीईसी काठमाडौंमाथि ३० रनको प्रभावशाली जित हात पार्यो।

यस प्रतियोगितामा १८ टिमहरूको सहभागिता रहनेछ र प्रतियोगिताले स्थानीय स्तरमा क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको