नेपाली खेलकुदको इतिहास संरक्षणका लागि तीनदिने प्रदर्शनी हुँदै

काठमाडौं। नेपालको एकमात्र खेलकुद तथा ओलम्पिक संग्रहालयका नेपाल ओलम्पिक संग्रहालयले साउन १९ देखि २१ गतेसम्म खेलकुद सम्बन्धित प्रदर्शनी गर्ने भएको छ।

आइतबार पत्रकार सम्मलेन आयोजना गरी प्रदर्शनीको बारेमा जानकारी दिएको हो। दक्षिण एसियाकै पहिलो खेलकुद संग्राहलयको रुपमा स्थापित यो संग्राहलयका अनुसार कार्यक्रम काठमाडौंको बबरमहलस्थित नेपाल कला परिष्दमा हुनेछ। प्रदर्शनीको नाम बियोन्ड मेडलः प्रिजर्भीङ नेपाल स्पोर्टस हिस्टोरी’ रहेको छ।

प्रदर्शनीमा नेपालको खेलकुद इतिहास झल्काउने करिब ५ लाख दुर्लभ तथा ऐतिहासिक तस्बिरहरुबाट छनोट भएका तस्वीरहरुको प्रदर्शन गरिनेछ। पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक खेलकुद स्मृतिचिन्हहरूको विशेष प्रदर्शनी हुने जनाइएको छ।

कार्यक्रमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीहरुको विशेष जमघट हुने विश्वास आयोजकले राखेको छ। विद्यार्थी, अनुसन्धानकर्ता, खेलकर्मी तथा सर्वसाधारणका लागि नेपालको खेलकुद इतिहास नजिकबाट अवलोकन गर्ने अवसर मिल्ने आयोजकको धारणा छ। नेपालकै पहिलो खेलकुद सम्बन्धि प्रदर्शनी रहेको यो कार्यक्रममा पाँच हजार भन्दा धेरै अवलोकनकर्ताहरु आउने अनुमान व्यक्त गरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको