रियल मड्रिड दुई गोलको अग्रता जोगाउन असफल, फिओरेन्टिनोसँग बराबरी

काठमाडौं। स्पेनिस महारथी रियल मड्रिडले प्रि–सिजनअन्तर्गत आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा इटालियन क्लब फिओरेन्टिनोसँग २–२ को बराबरी खेलेको छ।

अस्ट्रियाको क्लागेनफुर्टस्थित वोर्थरसी स्टेडियममा शनिबार राति सम्पन्न खेलमा रियलले सुरुआती २–० को अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा खेल बराबरीमा टुंगिएको हो। यो पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्होको दोस्रो कार्यकालमा रियल मड्रिडको पहिलो सार्वजनिक प्रि–सिजन खेल पनि थियो।

रियलका लागि खेलको १२औं मिनेटमा ब्राजिली युवा फरवार्ड एन्ड्रिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि २४औं मिनेटमा युवा खेलाडी एलेक्सिस सिरियाले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए।

तर पहिलो हाफको ४१औं मिनेटमा रोबर्टो पिक्कोलीले फिओरेन्टिनाका लागि गोल गर्दै अन्तर घटाए। दोस्रो हाफको ५८औं मिनेटमा मोइजे किनले बराबरी गोल गरेपछि खेल २–२ मा सकिएको हो।

खेलको सुरुआतीमा रियलले थुप्रै अवसर सिर्जना गरे पनि दोस्रो हाफमा फिओरेन्टिनोले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो नियन्त्रणमा ल्याएको थियो। मौरिन्होले नयाँ खेलाडी र युवा प्रतिभाहरूलाई अवसर दिएका कारण यो खेललाई आगामी सिजनको तयारीका रूपमा महत्त्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको