काठमाडौं। नागर्जुन र ज्ञानसंस्कारले अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको छन्। नागर्जुन ब्वाइज तथा ज्ञानसंस्कार गल्र्समा च्याम्पियन बने।
टोखा नगरपालिका सामाखुशीस्थित ज्ञानसंस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको ब्वाइजको फाइनलमा नागर्जुनले केएमसीलाई २१–१७ ले पराजित ग¥यो।
श्रृजनशील स्पोट्र्स क्लबद्वारा आयोजित प्रतियोगिताको गल्र्सको उपाधि भिडन्तमा ज्ञानसंस्कारले बौद्ध चिल्ड्रन हेभेनलाई १७–११ ले हरायो। ब्वाइजमा नागर्जुनका प्रिन्स कुश्वा तथा गल्र्समा ज्ञानसंस्कारकी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।
विजेतालाई ज्ञानसंस्कारकी प्रिन्सिपल निलम बानियाँ बडू, श्रृजनशील स्पोट्र्स क्लबका अध्यक्ष सुदेवजंग पण्डित, भिजन स्पोर्ट्स एकेडेभीका अध्यक्ष वृजेश बोहरा, ज्ञानसंस्कारकी एडमिन हेड लालीमा मालाकारलगायतले एक कार्यक्रमबीच नगदसहित पुरस्कृत गरे। ब्वाइजमा ८४ तथा गल्र्समा ३४ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन्।


