काठमाडौँ। काठमाडौँ खेल मण्डल ९एनआरटी०को वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। नेपालकै पुराना क्लबमध्ये एक एनआरटी देशको चर्चित ‘ए’ डिभिजन फुटबल क्लब हो।
त्रिपुरेश्वरस्थित बोगनभिल्ला ब्यान्केटमा आयोजित साधारण सभामा क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले एनआरटी खेलकुदमा मात्र होइन, सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको बताए।
सभामा क्लबको वार्षिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो। महासचिव सतीशकृष्ण श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अनुजसिंह प्रधानले आर्थिक प्रतिवेदन पेश गरेका थियो।


