पशुपति र हिलारी सेमिफाइनलमा


काठमाडौं। पशुपति मित्र मावि ‘बी’ र हिलारी ‘बी’ चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा पशुपति ‘बी’ ले नोब्सलाई २–० गोलले पराजित ग¥यो। विजेताका योगेश श्रेष्ठले दुवै गोल गरे। हिलारी ‘बी’ ले विनायकलाई ६–१ गेलले हरायो। विजयी टिमका लागि मानव भुजेलले ३ तथा इन्द्र कटुवाल र शिशीर श्रेष्ठले समान १–१ गोल गरे।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन मनास्लु र बाल व्यवसायी केन्द्र माविले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे।

मनास्लुले क्लिन्टनमाथि ५–० जित दर्ता ग¥यो। मनास्लुका संगम तामाङ र सविना लिम्बूले २–२ तथा रवि तामाङले १ गोल गरे। बाल व्यवसायीले हेरिटेजलाई ४–० गोलले पाखा लगायो। जितमा विपिन खत्री र योगेन्द्र धामीले २–२ गोल गरे।

खेलमा पशुपति ‘बी’ का योगेश श्रेष्ठ, हिलारी ‘बी’ का मनाव भुजेल, मनास्लुका संगम तामाङ र बाल व्यवसायीका विपिन खत्री ‘म्यान अफ द म्याच’ घोषित भए। सेमिफाइनलमा बाल व्यवसायीको भेट पशुपति ‘बी’ संग हुनेछ भने मनास्लुले हिलारी ‘बी’ विरुद्ध प्रतिस्पर्धा गर्ने छ। सेमिफाइनल सोमबार हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको