जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि


काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको समन्वयमा जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि हुने भएको छ।

जुडोका मुख्य प्रशिक्षक विरेन्द्र रन्जितको पहलमा हुन लागेको दुईदिने सेमिनार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुनेछ। सेमिनारमा ३० देखि ५० प्रशिक्षार्थी सहभागी हुने अनुमान गरिएको मुख्य प्रशिक्षक रन्जितले जनाएका छन्।

सहभागीलाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक जगदीशप्रसाद भट्टले मोटिभेसन स्पिच, राजेश्वरमान स्थापितले साइकोलोजी र सुप्रसिद्ध ताम्राकारले प्राविधिक विषयमा जानकारी दिने छन्। सेमिनारमा प्रतियोगिता सञ्चालन र व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको