पुलिस फाइनल प्रवेश


काठमाडाैं। विभागीय टाेली नेपाल पुलिस क्लब चौथो कोहलपुर गोल्डकप–२०८३ काे फाइलन प्रवेश गरेको छ।

विहीबार कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई ५–३ गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको हो।

खेलमा निर्धारित समयमा कुनैपनि गोल हुन सकेन। जारी संस्करणमा कुनै पनि खेलको पेनाल्टीमार्फत नतिजा निकालेको यो नै पहिलो खेल हो। जितसँगै पुलिसले फाइनलमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब कोहलपुरसँगको भेट पक्का गरेको छ। पेनाल्टीमा पुलिसका पुलिसका कप्तान राम बगाले, अनिल टमाटा,सञ्जिव लामा, हेमन्त श्रेष्ठ र सुजन मगरले गोल गरे।

कर्णालीका लागि करण शाही, दिवश विसी र बिक्रम अलीले गोल गर्दा कप्तान सुदन विश्वकर्माले गोल गर्न सकेनन्। बुधबार भएको पहिलो सेमिफाइनलमा लालीगुुराँस एसोसियसन क्लब पोखरालाई पराजित गर्दै आयोजक कोहलपुर फाइनल प्रवेश गरेको थियो। कोहलपुर रेसिङ साहारा क्लबले लालीगुराँगलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।

अब फाइनल खेल वैशाख २६ गते कोहलपुर रेसिङ र पुलिस भिड्नेछन्। आठ टिम सहभागी भएकाे प्रतियोगितामा उपाधि जित्ने टिमले आठ पाउने छ भने उपविजेताले चार लाख रुपैयाँ, शिल्ड र ट्रफी प्र्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्। चौथो कोहलपुर गोल्डकप वैशाख १९ गते सुरु भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको