एभीएस टिम च्याम्पियन

काठमाडौं। एभीएस तेश्रो जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। एभीएसले सर्वाधिक ११ स्वर्ण जित्यो।

पाको–नेपाल क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगितामा ९ स्वर्णसाथ ब्रिज वाटर इन्टरनेसनल स्कुल दोस्राे भयो। तेस्राे स्थानको घर सित मुटुले ६ स्वर्ण हात पा¥यो। शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे।

सिनामंगलस्थित ब्रिज वाटर इन्टरनेसनल स्कुलमा भएको प्रतियोगिताको पुरुषमा नुवाकोटका प्रशंम कुम्वर तथा महिलामा काठमाडौंकी रिमाकुमारी चौधरी उत्कृष्ट खेलाडी घोषित भए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी पूर्व सदस्य एवं नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, आयोजक संघका अध्यक्ष विष्णु थापा र ब्रान्च चिफ सन्जु महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

त्यसअघि एकदिने प्रतियोगिताको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोख्रेलले उद्घाटन गरेका थिए। आयोजकका अनुसार २ सय खेलाडी सहभागी प्रतियोगिताको पुरुषमा १९ र महिलामा १४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको