ह्यान्डबलको तदर्थ समिति गठन

काठमाडाैं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल ह्यान्डबल संघको तदर्थ समिति गठन गरेको छ। कृष्णबहादुर चोङवाङको संयोजकत्वमा ५ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।

समितिका सदस्यहरुमा झविला श्रेष्ठ, तुल्सीराम न्यौपाने, जोनिल सुवेदी र विकास गिरी रहेका छन्। समितिले ३ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु पर्ने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको