काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा माइक्रोसाइकल डिजाइन कार्यशाला शनिबार सम्पन्न भएको छ।
६ दिने कार्यशालामा विभिन्न ९ खेल फुटबल, एथलेटिक्स, उसु, कुस्ती, कराते, तेक्वान्दो, क्रिकेट, बक्सिङ र कबड्डीका १५ प्रशिक्षक सहभागी थिए। उनीहरुलाई विश्व एथलेटिक्स सीइसीएस लेभल २ लेक्चर सुशिलनरसिंह रानाले ल्याब प्राक्टिस सम्बन्धी व्यवहासिरक र सैद्धान्तिक ज्ञान दिएका थिए। योगा शिक्षक पुस्करराज पन्तले योग सम्बन्धी प्रशिक्षण दिएका थिए।
सहभागीलाई राखेपका सदस्य सदस्य–सचिव रामचरित्र मेहताले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे। सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह, उप निर्देशक जगदीशप्रसाद भट्टलगायतको उपस्थिति रहेको थियो।