काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ४ः४५ बजे भारतको गोवास्थित फतोरदा रंगशालामा सुरु हुनेछ।
आजै हुने दोस्रो खेलमा घरेलु टोली भारतले माल्दिभ्ससँग साँझ ७ः४५ बजे प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता आजदेखि जेठ २३ गतेसम्म भारतमा सञ्चालन हुनेछ।
प्रतियोगितामा नेपाल, भुटान र श्रीलंका समूह ‘ए’ मा रहेका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र बंगलादेश रहेका छन्।
नेपालले आफ्नो दोस्रो खेल जेठ १७ गते श्रीलंकाविरुद्ध खेल्नेछ।


