महामञ्जुश्री कप बास्केटबलमा ७२ टिम

काठमाडौं। महामञ्जुश्री माविको आयोजनामा दाेस्राे महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ।

प्रतियोगितामा विभिन्न ३ विधामा ४४ विद्यालयका ७२ टिमको सहभागिता रहने महामञ्जुश्रीका प्रिन्सिपल चुडामणि मरासिनीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा ३२ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान २०–२० टिमको सहभागिता निश्चित भएको महामञ्जुश्रीका बास्केटबल प्रशिक्षक शैलेश श्रेष्ठले जानकारी दिए।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने महामञ्जुश्रीकी प्रिन्सिपल एवं प्रतियोगिता संयोजक हेमलता चाम्लिङले बताइन्। सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा ग्रिनफिल्ड र सिनियर गल्र्समा चाँदबाग साविक विजेता हुन्।

पत्रकार सम्मेलनमा प्रिन्सिपल मरासिनीले विद्यालयबीचको आन्तरिक सम्बन्धलाई अझ प्रगाढ बनाउदै प्रतिभावन खेलाडीको पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए। तीनदिने प्रतियोगिताका खेलहरु नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजककै कोर्टमा खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको