नेपाललाई ११४ रनको लक्ष्य

काठमाडौं । महिला टी–२० एसिया कप छनोटअन्तर्गत नेपालले इन्डोनेसियाविरुद्ध ११४ रनको लक्ष्य पाएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११३ रन बनायो। सुरुआतदेखि नै नेपाली बलरहरूले कसिलो प्रदर्शन गरेपछि इन्डोनेसिया दबाबमा परेको थियो।

नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र ९ रन खर्चेर २ विकेट हात पारिन्। उनले पहिलो ओभरमै दुई विकेट लिएपछि इन्डोनेसियाको सुरुआत कमजोर बनेको थियो। रिया शर्माले पनि प्रभावशाली बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चेर १ विकेट लिइन्। कविता कुँवर, रुबिना क्षेत्री र सीमाना केसीले समेत किफायती बलिङ गर्दै विपक्षी ब्याटरलाई खुल्न दिएनन्।

इन्डोनेसियाका लागि कप्तान नी पुटु आयु नन्दा सकारिनीले अविजित ५६ रनको महत्वपूर्ण इनिङ खेलिन्। उनले ६२ बल सामना गर्दै ३ चौका प्रहार गरिन्। नी लुह देवीले २३ रन जोडिन् भने नी माडे पुत्री सुवान्देवीले १३ रनको योगदान दिइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको