इरान काभा च्याम्पियन

काठमाडाैं। सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप २०२६ काे उपाधि जितेकाे छ।

त्रिपुरेश्वस्थित राखेपकाे कभर्डहलमा शुक्रबार सम्पन्न फाइनल खेलमा इरानले कजाकिस्तानलाई ३–१ काे सेटमा हराउँदै उपाधि उचालेकाे हाे।

पहिलाे सेट २५–१८ ले जितेकाे इरानले दाेस्राे सेट १९–२५ ले गुमाएकाे थियाे। त्यसपछि तेस्राे र चाैथाे सेट समान २५–२१ ले आफ्नाे पक्षमा पार्दै उपाधि उचालेकाे हाे।

समूह चरणमा पनि इरानले काजाकिस्तानलाई हराउँदै समूह विजेता बनेकाे थियाे। इरान र काजाकिस्तान एकै समूहबाट सेमिफाइनल पुगेका थिए। समूह चरणमा इरानले काजकिस्तानलाई ३-० ले हराएको थियो।

विधागत उत्कृष्ट खेलाडीहरू
उत्कृष्ट आउटसाइड स्पाइकर (पहिलो): फातेमेह खालिली (इरान)
उत्कृष्ट आउटसाइड स्पाइकर (दोस्रो): क्रिस्टिना बेलोभा (काजाकिस्तान)
उत्कृष्ट अपोजिट स्पाइकर: एलाहेह पूरसालेह (इरान)
उत्कृष्ट मिडल ब्लकर (पहिलो): शिल्पा सिन्धु (भारत)
उत्कृष्ट मिडल ब्लकर (दोस्रो): युलिया फोमेन्को (काजाकिस्तान)
उत्कृष्ट सेटर: शबनम अलिखानी (इरान) 
उत्कृष्ट लिबेरो: दास सथी (भारत)


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको