काठमाडौं। ग्रिनफिल्ड दोस्राे महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार फाइनलमा प्रवेश गरेको छ।
नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजक महामञ्जुश्रीको कोर्टमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १४–१२ ले पराजित ग¥यो। ग्रिनफिल्डले उपाधिका लागि महामञ्जुश्री र पिपुल्स एकेडेमीबीचको विजेतासंग खेल्ने छ।
सिनियर ब्वाइजमा सेमिफाइनल समीकरण तयार भएको छ। विल्सन एकेडेमीले नवीन ज्योति तथा होली भिजनले निम्स विरुद्ध फाइनल प्रवेशका लागि खेल्ने छन्।
सिनियर गल्र्समा क्वाटरफाइनल समीकरण पूरा भएको छ। क्वाटरफाइनल चाँदबाग र केभीसी, निम्स र स्वर्णिम, त्रिज्योति र पुष्पसदन तथा न्यु जेनिथ र टेरेसा एकेडेमीबीच हुनेछ। प्रतियोगिता आइतबार सम्पन्न हुनेछ।