काठमाडौं। नेपाल साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ अन्तर्गत आइतबार सम्पन्न खेलमा श्रीलंकालाई २–० गोलले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो।
नेपालको जितमा रश्मीकुमारी घिसिङ र रेनुका नगरकोटेले समान एक–एक गोल गरे। दुवै खेलाडीको गोलमा नेपालले महत्वपूर्ण तीन अंक जोड्दै सेमिफाइनल यात्रा तय गर्यो।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई १–० गोलले हराएको थियो। लगातार दोस्रो जितसँगै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।