टीएनएफ नाइट ट्रेल रन सम्पन्न, एक हजारभन्दा बढीको सहभागिता

काठमाडौं। साहसिक खेल तथा ट्रेल रनिङको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित टीएनएफ नाइट ट्रेल रन सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा ३ सय १७ पुरुष र ८३ महिला गरी कुल ४ सय धावकले प्रतिस्पर्धा गरेका थिए भने ६ सयभन्दा बढी दर्शक तथा अतिथिको उपस्थिति रहेको थियो।

प्रतियोगिताको एलिएटतर्फ पुरुष विधामा सञ्जय तामाङ प्रथम, दिवाकर बुढा मगर दाेस्राे तथा ऋतुराग रोकाया तेस्राे भए। महिला एलिएटतर्फ मञ्जु सुनुवारले उपाधि जित्दा मेरी एगेन नोर्लोफ दोस्रो र छिरिङ ओङ्मु शेर्पा तेस्रो स्थानमा रहिन्।

यस्तै, नियमिततर्फ पुरुष समूहमा फुरा छेतेन शेर्पा प्रथम, अनुराग रोकाया दाेस्राे तथा नवीन खड्का तेस्राे बने। महिला समूहमा गीता महर्जनले पहिलो स्थान हासिल गर्दा क्लारा बर्गग्रेन दोस्रो र अलेक्जान्ड्रा रिग्ली तेस्रो भइन्।

एलिएट समूहका शीर्ष तीन विजेताले क्रमशः २००, १५० र १०० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेका थिए। सहभागी सबै धावकलाई फिनिसर पदक, ‘द नर्थ फेस’को टी–सर्ट तथा माउन्टेन म्यान इनर्जी बार प्रदान गरिएको आयोजकले जनाएको छ।

निःशुल्क सहभागितामा आयोजना गरिएको प्रतियोगितामा प्यानल छलफल, सांस्कृतिक नृत्य प्रस्तुति तथा लाइभ सङ्गीत कार्यक्रमसमेत समावेश गरिएको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको