काठमाडाैं। एन्जल्स हार्ट माविको आयोजनामा दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय÷कलेज स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
प्रतियोगितामा करिब ५० टिमको सहभागिता अपेक्षा गरिएको एन्जल्स हार्टका कार्यकारी अध्यक्ष लिलबहादुर पुनले जनाएका छन्। शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक यमबहादुर छन्त्यालले जानकारी दिए। उत्कृष्ट खेलाडी, स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर र डिफेन्डरलाई पनि नगदसहित पुरस्कृत गरिने छ।
प्रतियोगितामा २०८२ सालमा एसइइ दिएका तथा कक्षा ११ र १२ को हकमा राष्ट्रिय परिक्षा बोर्डमा ०८२÷०८३ को रजिस्ट्रेसन प्राप्त १८ वर्ष ननाघेका विद्यार्थीले सहभागी हुन पाउने छन्।
प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ३० हजार रुपैयाँ खर्च हुने एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनले बताए। लिग कम नकआउट आधारमा चारदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा खेलाइने छ।