कुमुदिनी र मंगललाई खो खो उपाधि
काठमाडाैं। कुमुदिनी कुञ्ज र मंगल माविले दाेस्राे उपत्यकाव्यापी अन्तरविद्यालय खो खो प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। कुमुदिनी कुञ्ज छात्र तथा मंगल मावि छात्रामा च्याम्पियन बने।
कीर्तिपुरस्थित कभर्डहलमा भएको प्रतियोगिताको छात्रमा बागेश्वरी दोश्रो तथा मंगल तेस्राे भए। छात्रामा एसियन ग्यालेक्सी दोश्रो तथा मदन स्मारक तेस्राे बने। कीर्तिपुर खो खो एकेडेमीको आयोजना तथा कीर्तिपुर नगरपालिका वडा २ को प्रायोजनमा भएको प्रतियोगिताको छात्रमा कुमुदिनीका सुप्रिम तामाङ उत्कृष्ट रनर तथा बागेश्वरीका दिपेन्द्र बडुवाल उत्कृष्ट एट्याकर घोषित भए। छात्रामा एसियन ग्यालेक्सीकी आइ लामा उत्कृष्ट रनर तथा मंगलकी दृष्टि महर्जन उत्कृष्ट एट्याकर चुनिए।

विजेतालाई कीर्तिपुर नगरपालिका मेयर कृष्णमान डंगोल, त्रिभूवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका सदस्य प्रा.डा. रामकृष्ण महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा समान १६–१६ छात्र÷छात्रा टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक विक्की महर्जनले जनाएका छन्।