काठमाडौं। ओपनर राजदीप आचार्यको अविजित शतकीय इनिङ्समा सैनिक आवासीय महाविद्यालयले तेस्राे संस्करणकाे एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेकाे छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सम्पन्न दाेस्राे खेलमा सैनिक आवासीयले त्रियोग उच्च माध्यमिक विद्यालयलाई १२२ रनले पराजित गरेकाे हाे।
सैनिकले दिएकाे १८७ रनको लक्ष्य पछ्याएकाे त्रियोग १०.३ ओभरमै ६४ रनमा अलआउट भयो।
त्रियोगका लागि अनिश खड्काले २७ रनको आक्रामक इनिङ्स खेले पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। दीप गुरुङले १७ रन जोडे भने एरियन नेपाल अविजित ३ रनमा रहे।
सैनिक आवासीयका रोशन तिवारीले ४, अमन मिश्राले ३ र सुभाव बिष्टाले २ विकेट हात पारे।
त्यसअघि ब्याटिङ गरेको सैनिक आवासीयले २० ओभरमा ४ विकेट गुमाएर १८६ रनको विशाल योगफल तयार गरेको थियो। टोलीका लागि राजदीप आचार्यले अविजित ११५ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ६७ बलमा १६ चौका र २ छक्का प्रहार गरे।
गौरव कार्कीले १८ रन, अभिनेशक गुरुङले १९ रन, ऋषव साहले ४ रन र सुसान्त नेपालले १३ रनको योगदान दिए।
यो जितसँगै समूह बी काे सैनिक आवासीयले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ।