काठमाडाैं। केभीकेएसएस र भ्याली पब्लिक दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
केभीकेएसएसले ल्यान्डमार्क एकेडेमीलाई २२–१४ तथा भ्याली पब्लिकले विजेश्वरीलाई ३४–२४ ले पराजित गरे। केभीकेएसएसकी खुशी मिफोकले १० तथा भ्याली पब्लिककी सोनीमाया तामाङले ११ जोडे।
गल्र्समै बागमतीले केजीएसलाई ५३–४३, फेरिल्यान्डले आयोजक तेजस्वी ‘बी’ लाई २०–१२ र इडेन ब्रिज एकेडेमी (इबीए) ले हिमशिलालाई २४–१५ ले हराउदै क्वाटरफाइनलमा पुगे। बागमतीकी सिद्धिका शर्माले १६, फेरिल्यान्डकी सायना माझीले ७ र इबीएकी सन्जिला मगरले ११ स्कोर गरे।
क्वाटरफाइनल इबीए र संस्कृति शिक्षा सदन, केभीकेएसएस र बेलमोन्ट, भ्याली पब्लिक र बागमती तथा फेरिल्यान्डले तेजस्वी ‘ए’ बीच हुनेछ। ब्वाइजमा भ्याली पब्लिकले इबीएलाई ४५–३४, जेबी स्कुलले एन्जल्स हार्टलाई ४४–३७, संस्कृति शिक्षा सदनले ज्ञान संस्कार इन्टरनेसनल स्कुललाई २८–१६ र केभीएसले केजीएसलाई ४५–३० ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
केभीएस र क्यान्भास बसन्त ऋतु, भ्याली पब्लिक र बागमती, न्युटन र स्कोलर्स होम, जेबी स्कुल र नवोदित, एन्जल्स हार्ट र गोल्डेनपिक, लालीगुराँस नेसनल एकेडेमी र गण्डकी, मार्वलस र ह्वाइट हेभन तथा टीआईए र संस्कृति शिक्षा सदनबीच प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ।
