काठमाडाैं। केन्द्रीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत भलिबलको उपाधि गण्डकी र बागमती प्रदेशले जितेका छन्। गण्डकी छात्र तथा बागमती छात्रामा च्याम्पियन बनेका हुन्। निर्णायक सेटमा विजेता बनेका दुवै टोलीले लुम्बिनीलाई पराजित गरेका थिए।
विजेताद्वयले सुरुका २ सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जितेका हुन्।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २०–२५, २४–२६, २५–२२, २५–१७ र १५–११ को सेटमा पराजित गरे । सुदूरपश्चिम तेस्राे भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २२–२५, २५–१२, २५–२१ र १५–८ ले हरायो। कर्णालीले तेस्राे स्थानमा चित्त बुझायो।