एसियाली खेलकुदका लागि अभिषेक छनोट

काठमाडाैं। जापानको आइची–नागोयामा हुने २० औं एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट भएका छन्। अभिषेक पुरुष ८० केजीमुनि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ।

गत मे २१ देखि २४ तारिखसम्म मंगोलियाको उलानबटारमा भएको २७ औं एसियाली तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकले प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतियोगितामा अभिषेकसहित ३ पुरुष र ४ महिला गरी ७ खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए। अन्य खेलाडीको पनि एसियाली खेलकुदमा ‘वाइल्ड कार्ड’ मार्फत सहभागिताका लागि प्रकृयामा रहेको तेक्वान्दो संघले जनाएको छ।

एसियाली पारा खेलकुदको तेक्वान्दोमा भने पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य विजेता पलेश गोबर्धन विश्व वरीयताका आधारमा छनोट भइसकेकी छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको