युएस ओपनलाई लनर्सले सुमनलाई प्रायोजन गर्ने

काठमाडाैं। लनर्स इन्स्टिच्यूट एन्ड कन्सलटेन्सी प्रा.लि. ले कराते खेलाडी सुमन तिमल्सिनालाई युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन प्रायोजन गर्ने भएको छ।

सो सम्बन्धी सम्झौता पत्रमा लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुली र सुमनले सम्झौता पत्रमा हस्ताक्षर गरे। प्रतियोगिता अमेरिकाको फ्लोरिडामा जुलाई २ देखि ४ तारिखसम्म हुनेछ। सम्झौता अनुसार प्रतियोगतिामा सहभागी हुन लनर्सले दुईतर्फी हवाइट टिक उपलब्ध गराउने सुमनले बताए। सुमन लनर्सका ब्रान्ड एम्बासडर पनि हुन्।

सुमनले प्रतियोगितामा पुरुष एकल कातामा प्रतिस्पर्धा गर्ने छन्। सुमनले २०२३ मा भएको यसै प्रतियोगितामा स्वर्ण जितेका थिए। लनर्सले २०२२ मा जर्मनीमा भएको चिमनिज ओपन करोतमा पनि सुमनलाई प्रायोजना गरेको थियो। उक्त प्रतियोगितामा पनि सुमनले स्वर्ण जितेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको