१०औं स्किब्स बास्केटबलमा ४८ टोली

काठमाडौं। श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनमा १०औं स्किब्स थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ।

प्रतियोगितामा ३३ विद्यालयका ४८ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र गल्र्समा समान १२–१२ टिमले भाग लिने भएका छन्।

सिनियर ब्वाइजमा टीआईए, जुनियर ब्वाइजमा पारामाउन्ट एकेडेमी र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन्। प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक सागर शर्माले जानकारी दिए।

पहिलो दिन सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल तथा जुनियर ब्वाइज र गल्र्समा क्वाटरफाइनल चरणसम्मका खेल सम्पन्न हुने स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले बताए। दुईदिने प्रतियोगिताका खेलहरु टोखा नगरपालिका वडा ५, बसुन्धरास्थित आयोजकको कोर्टमा खेलाइने छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको