काठमाडौं। हिमालय इन्टरनेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा तेस्रो एसकेबीसी काठमाडौं जिल्ला आमन्त्रित तेक्वान्दो च्याम्पियनसिप शनिबारदेखि हुने भएको छ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा हुने प्रतियोगितामा ३ सय भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक रन्जित डंगौराले जनाएका छन्।
पुरुष÷महिलामा समान १६–१६ गरी ३२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। दुईदिने प्रतियोगिताका खेलहरु टोखा–५, बसुन्धरास्थित श्री समाज भवन परिसरमा खेलाइने छ।
