तेक्वान्दोमा जितलाई रजत

काठमाडाैं। नेपाली तेक्वान्दो खेलाडी जितबहादुर बोटले डब्लुटी प्रेसिडेन्ट कप गोल्ड कोस्ट (जि ३) मा रजत पदक जितेका छन्। उनले ४० वर्षमुनि पुरुष एकल पुम्सेमा रजत जितेका हुन्।

अस्ट्रेलियाको गोल्ड कोस्टमा भएको प्रतियोगिताको सोही स्पर्धामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमल श्रेष्ठले कांस्य जिते। त्यस्तै पुरुष ३० वर्षमुनि टिम पुम्सेमा मनोज श्रेष्ठ, शिशीर श्रेष्ठ र पारस भण्डारीले कांस्य जिते।

उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायकद्वय अशोक खड्का र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको