काठमाडाैं। पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम स्थान हाँसिल गरेको छ।
फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले प्रथम स्थान हाँसिल गरेको हो। यसअघि सेमिफाइनलमा ग्यालेक्सिले आयोजक पिसिएमलाई ३–२ गोलले तथा फिष्टेल एकेडेमीले शितलादेवीलाई ३–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
विजेता तथा उप–बिजेता टिमले नगद सहित मेडल पुरस्कार प्राप्त गरे। पोखरा कलेज अफ म्यानेज्मेण्टका प्राचार्य लिना नेगी श्रेष्ठले विजयी खेलाडीहरुलाई एक समारोहका विच पुरस्कृत गरे। यसअघि कलेजले प्लस टु को परिक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फुटबल, बास्केटबल लगायतका प्रतियोगिताहरु सम्पन्न गरेको थियो।