काठमाडाैं। आयोजक एन्जल्स हार्टले एन्जल्स हार्ट तेक्वान्दो थ्रिल फेस्टको उपाधि शनिबार जितेको छ। एन्जल्स हार्टले ७ स्वर्ण, १ रजत र ४ कांस्य जित्यो।
मनमैजुस्थित एन्जल्स हार्टको हातामा भएको प्रतियोगितामा काभ्रेस्थली तेक्वान्दो डोजाङ ४ स्वर्ण, २ रजत र ३ कांस्यसाथ दोस्राे भयो। तेस्राे स्थानको ढल्कु तेक्वान्दो डोजाङले २ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो।
पुरुषमा एनबीएफका सुशान्त पाण्डे तथा महिलामा धौलागिरी तेक्वान्दो डोजाङकी रोजिना तामाङ उत्कृष्ट खेलाडी घोषित भए। विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, एन्जल्स हार्ट फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुन र उपाध्यक्ष यमबहादुर छन्त्याल, अपेनकी केन्द्रीय उपाध्यक्ष रेखा हमाल, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।