कौशल अन्तरविद्यालय तेक्वान्दो शनिबार

काठमाडौं। कौशल स्कुल÷कलेजको आयोजनामा प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार हुने भएको छ।

प्रतियोगितामा विभिन्न २१ विद्यालयबाट करिब ४ सय खेलाडीको सहभागिता रहने कौशलका प्रिन्सिपल शिवप्रसाद अर्यालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

अफिसियल÷नन् अफिसियलमा ग्योरोगी र पुम्सेमा गरी जम्मा ४८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। अफिसियलमा पुरुष÷महिलामा समान ९–९ स्पर्धामा भिडन्त हुनेछ। नन् अफिसियलमा पुरुष÷महिलामा १५–१५ गरी जम्मा ३० स्पर्धामा खेल हुनेछ।

प्रिन्सिपल अर्यालले विद्यालयले शिक्षासंगै अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि उच्च प्राथमिक राख्दै आएको बताउदै प्रतियोगिताले निरन्तरता पाउने प्रतिबद्धता जनाए।

कौशलका भाइस प्रिन्सिपल डा. भरतप्रसाद भण्डारीले प्रतियोगिताले काठमाडौं जिल्लाभित्रका विभिन्न विद्यालयबीच आपसी सम्बन्ध, सहकार्य र खेलकुदमैत्री वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुनेछ। एकदिने प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिका ८, मनमैजुस्थित आयोजककै हातामा खेलाइने छ। पत्रकार सम्मेलनमा प्लस टुका को–ओर्डिनेटर अस्मिनकुमार बस्नेत, इसीए इन्चार्ज राजकुमार ठकुरीलगायतको उपस्थिति रहेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको