काठमाडौं। अल्ट्रा रनर रसिला तामाङ आइतबार दुई महिना प्रशिक्षणका लागि स्विट्जरल्यान्ड प्रस्थान गरेकी छन्।
एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा विजेता बनेर इतिहास बनाएकी रसिलाले दुई महिनाको बसाईमा स्विट्जरल्यान्डको ग्राचेन र फ्रान्सको ला ग्रेभमा प्रशिक्षण लिनेछिन्। रसिला एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका हुन्। प्रशिक्षणककै समयमा रसिलाले स्विट्जरल्यान्ड र फ्रान्समा हुने तीन अल्ट्रा रेस प्रतियोगितामा सहभागी हुनेछिन्।
रसिला पर्वतारोही पनि हुन्। उनले यालुङ रि पिक (५६३० मिटर), छुलु फार इस्ट (६०४५ मिटर), पोकाल्डे पिक (५८०६ मिटर), लोबुचे इस्ट (६११९ मिटर) र आइल्यान्ड पिक (६१६५ मिटर)को सफल आरोहण गरेकी छन्।